अबैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०६-०४
- A
- A-
- A+
कञ्चनपुर:- जिल्ला कञ्चनपुर पुनर्वास न.पा.९ बाउण्ड्रीबाट लागूऔषधको कारोवार भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा नियन्त्रित लागूऔषध PROXIOHM-SPAS- ४०८ ट्याब्लेट सहित भारत उत्तर प्रदेश संत लाल आजाद नगर धोला बिर्सेनपुरी खिरी बस्ने वर्ष ५५ को दीप चन्दलाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा शनिबार दिउँसो चेकजाँच गर्दा उक्त नियन्त्रित लागूऔषध फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।