अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०४-१२
- A
- A-
- A+
कैलाली:- कैलाली
जिल्लाको विभिन्न स्थानहरु धनगढी उ.म.न.पा. १५ कनरी र भजनी न.पा.९ कुँडीबाट अवैध
रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२,४२,६५०।– बराबरको बिडी, सुर्ति,
मिठाई, छोहरा, मोटरसाइकल
थान-१ लगायतका सामानहरु सोमबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट
खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि
नियन्त्रणमा लिएको छ ।
कञ्चनपुर:- कञ्चनपुर
जिल्लाको विभिन्न स्थानहरु भिमदत्त न.पा.११ चौकिसत्ता, दोधारा
चाँदनी न.पा.३ बडुवाल टोल, ऐ.७ कञ्चभोज, पुनर्वास न.पा.४ लोहनिचोक र ऐ.६ बुद्धचोकबाट अवैध रुपमा भारतबाट भन्सार
छलि गरी ल्याएका अन्दाजी मूल्य रु.३,१८,२८०।– बराबरको पेय पदार्थ, युरिया
मल, साडी, पर्दा, प्याज, आलु, आँप, वल्व, पटका, साबुन, सरप, मोटरसाइकल थान-१ लगायतका सामानहरु सोमबार
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा
फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।