प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागु औषध सहित ६ जना मानिस नियन्त्रणमा

२०८३-०४-१३

  • A
  • A-
  • A+
Share

     कैलाली :-  कैलाली गौरीगंगा न.पा.४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम ८०० मिलिग्राम सहित जिल्ला कैलाली गौरीगंगा न.पा. ४  बस्ने वर्ष २५ को सुरेन्द्र बहादुर धामी र जिल्ला कैलाली गौरीगंगा न.पा. १ लठैया बस्ने वर्ष २१ को सन्तोष रानामगरलाई मंगलबार दिउसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेती,कैलाली र लागु औषध व्यूरो धनगढी,कैलालीबाट संयुक्त खटिएको प्रहरी टोलीले दुबै जनालाई उक्त पदार्थ र नेपाली रुपैया ३७,१५०।-सहित पक्राउ गरेको छ । 

      यसैगरि,  कैलाली टीकापुर न.पा. ३ रामपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १८० मिलिग्राम सहित जिल्ला कैलाली टीकापुर न.पा. ३ रामपुर बस्ने वर्ष २६ को प्रशान्त चौधरी र ऐ.ऐ. बस्ने वर्ष १९ को समिर चौधरीलाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुर,कैलाली बाट खटिएको प्रहरीले दुबै जनालाई उक्त सहित पक्राउ गरेको छ  । 

      कञ्चनपुर :- कञ्चनपुर भिमदत्त न.पा. ११ होल्डिङ सेन्टर स्थित जिल्ला कञ्चनपुर भिमदत्त न.पा.१८ कटान बस्ने बर्ष ३१ को प्रदिप नाथले चलाएको म २ प ४२६७ नं को मो.सा.लाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ३८ पिस Buprenophine hydrochloride र ३४ पिस Promethazine hydrochloride गरी जम्मा ७२ पिस एम्पुल सहित मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकी,कञ्चनपुरबाट खटिएको प्रहरीले मो.सा. र उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको छ । 

       यसैगरि,  जिल्ला कञ्चनपुर भिमदत्त न.पा.०७ बैद्यनाथ स्थितबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ३० मिलिग्राम सहित ऐ.ऐ. हल्दुखाल बस्ने वर्ष २२ को निशान्त चन्दलाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागु औषध व्युरो महेन्द्रनगर, कञ्चनपुरबाट संयक्त खटिएको प्रहरीले निजलाई उक्त पदार्थ सहित पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अबैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०६-०५

    कैलाली:- जिल्ला कैलाली जानकी गा.पा.८ भोक्सीबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ १ ग्राम ८८० मिलिग्राम सहित जोशीपुर गा.पा.३ बस्ने वर्ष ४८ को प्रमेश्वर डगौरा थारूलाई इलाका प्रहरी कार्यालय टीकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।       यसैगरी, जिल्ला कैलाली धनगढी उ.म.न.पा.७ भानुचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ ४६० मिलिग्राम सहित सोही उ.म.न.पा.१ बसन्त टोल बस्ने वर्ष २१ को असिम चौधरी समेत ४ जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले आइतबार राति शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।     कञ्चनपुरः-  जिल्ला कञ्चनपुर कृष्णपुर न.पा.९ पिपरिया स्थित लागूऔषधको कारोवार भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा सोही ठाउँ बस्ने वर्ष ३४ को रामनरेस रानालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ १ ग्राम ४६० मिलिग्राम र नगद १० हजार रूपैयाँ सहित आइतबार दिउँसो लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय रैकवार, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले निजको घरकोठा खाँनतलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध भन्सार छलिका सामान सहित ३ जना महिला पक्राउ
२०८३-०६-०४

     कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.२ फनपार्क नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,९७,३५०।– (एक लाख सन्तानब्वे हजार तिन सय पचास) बराबरको बिडी, सुर्ति, सुटपिस, डाल्डा, चना, केक पाउडर, खुर्सानी, प्लाष्टिक झिल्ली लगायतका सामान सहित सोही उ.म.न.पा.३ बस्ने वर्ष ३७ की लक्ष्मी स्याडा, वर्ष ३५ की धनि देबि सार्की र गोदावारी न.पा.२ बस्ने वर्ष २७ की यसोदा भट्टलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले शनिबार राति फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको छ ।            कञ्चनपुर:- जिल्ला कञ्चनपुर कृष्णपुर न.पा.५ वनदेवि जंगल नजिकबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.४८,३५०।–  बराबरको बिडी, सुर्ति, प्लाष्टिक झिल्ली लगायतका सामानहरु शनिबार साँझ इलाका प्रहरी कार्यालय गुलरिया, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।