अबैध भन्सार छलीका सामान पक्राउ
२०७९-१०-१८
- A
- A-
- A+
कैलाली:- मिति २०८०।०२।१७ गतेको साँझतिर जि कैलाली धनगढी उप-महानगरपालिका २ रुबस चोक नजिक भारतबाट
भन्सार छलि गरी ल्याएका साडी ८२६ पिस अ.मुल्य ४,१३,०००( चार लाख तेह्र हजार ) बराबरको सामान बेवारिसे अवस्थामा फेला पारी अस्थायी
प्रहरी पोष्ट बसपार्कबाट खटिई गएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
यसैगरि,प्रहरी चौकी जनकपुर कैलालीबाट खटिई गएको प्रहरी टोलीले बुधवार दिउसो जि.कैलाली
भजनी न.पा.३जसबहादुर घाट स्थित १८२ जोर चप्पल जम्मा मुल्य अ.३५,०००/- (पैतिस
हजार)बराबरको भन्सार छलीका सामानहरु बेवारिसे अवस्थामा फेला पारी पक्राउ गरेको हो
।
कञ्चनपुर:-सुदूरपश्चिम
प्रदेश प्रहरी कार्यालय धनगढी र ई.प्र.का.बेलौरी कञ्चनपुरबाट खटिएको संयुक्त
प्रहरी टोलिले बुधवार भारतबाट ल्याएका अबैध माछा २५KG र UP26K8912 नं को भारतिय मोटरसाईकल गरी जम्मा रु ३६,०००।-बरावरको बेवारीसे मोटरसाईकल
र माछा बरामद गरी ईलाका प्रहरी कार्यालय बेलौरीमा ल्याई अबैध माछा स्थानिय
प्रतिनिधी,संचारकर्मी समेतको सांक्षी रोहबरमा नष्ट गरेको ।