अबैध भन्सार छलीका सामान बरामद
२०८०-०२-३१
- A
- A-
- A+
कञ्चनपुर- मिति २०८०/०२/३१ गते दिउसो जिल्ला कैलाली शुक्लाफाटा.न.पा.१ बन्साह चौराह स्थित अबैध रुपमा भन्सार छली गरि ल्याएका अन्दाजी रु. ९,०००।– बराबरको चिनी, बिडी लगायतका सामानहरु अस्थाई प्रहरी पोष्ट बन्साह कञ्चनपुरबाट खटिई गएको प्रहरी टोलीले बेवारिसे अबस्थामा फेला पारी बरामद गरि नियन्त्रणमा लिएको हो ।
कैलाली, बुधबार दिउसो जि.कैलाली धनगढी उप-महानगरपालिका ३ कर कार्यालय नजिक भारतबाट भन्सार छलि गरी ल्याएका अ.मुल्य रू.३०,०००।- बराबरको चिनी, पास्ता,प्लाष्टिक झिल्ली,कोक,लगायतका मालसामानहरु जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटि गएको प्रहरी टोलीले बेवारीसे अवस्थामा फेला पारी बरामद गरि नियन्त्रणमा लिएको हो ।
यसैगरि,बुधबार दिउसो जि.कैलाली धनगढी उप-महानगरपालिका ४ बसपार्क स्थित भारतबाट भन्सार छली गरी ल्याएका अं.मुल्य रू.८५,७५०।– बराबरको प्लाष्टिक चप्पल वडा प्रहरी कार्यालय धनगढी कैलालीबाट खटिई गएको प्रहरी टोलीले वेबारिसे अवस्थामा फेला पारी बरामद गरि नियन्त्रणमा लिएको हो ।