लागु औषध सहित मानिस पक्राउ
२०८०-०२-३१
- A
- A-
- A+
कैलाली- मिति २०८०/०२/३० गते साँझतिर जिल्ला कैलाली धनगढी उमनपा २ त्रिनगर ब्यारेल नजिक जिल्ला कैलाली धनगढी उप-महानगरपालीका १३ श्रीलंका बस्ने बर्ष १८ को देवेन्द्र राना, ऐ.ऐ.बस्ने बर्ष २४ को बल ब. चौधरी र ऐ.ऐ.बस्ने बर्ष २० को निरज चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजहरुको साथबाट ४० मिलिग्राम ला.औ. खैरोहेरोईन फेला पारी निजहरुलाई समेत जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटि गएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।