प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलीका सामान बरामद

२०८०-०२-३२

  • A
  • A-
  • A+
Share

कञ्चनपुर- मिति २०८०/०२/३१ गते राती जिल्ला कञ्चनपुर बेलौरी नपा २ बैजुडाडा र ऐ.६ बैशाखा चोक स्थित, अबैध रुपमा भंन्सार छलिका गरि ल्याएका  अं. रू २४,६००।– बराबरका चिनि, गुड, डिउ ( पिय पदार्थ), खाने तेल लगायतका सामानहरु सु.प.प्र.प्र.का.धनगढी कैलाली, ईलाका प्रहरी कार्यालय बेलौरी  र प्रहरी चौकी टेडुवा कञ्चनपुरबाट  खटिएको प्रहरी टोलीले  बेवारीसे अवस्थामा फेला पारि नियन्त्रणमा लिएको हो 

यसैगरि, बुधबार साँझतिर जिल्ला कञ्चनपुर भि.न.पा.१० गड्डाचौकी स्थित भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी रु.१२,८००।– बराबरका चिनी, मैदा र बिस्कुट ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिगएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । 

कैलाली- मिति २०८०।०२।३१ गतेको साँझतिर जिल्ला कैलाली कैलारी गा.पा. ३ निबुवाबोझी स्थित भारतबाट भन्सार छली ल्याएका अन्दाजी रु. २२,५००।– बराबरका सिद्रा माछा सहित ३वटा साईकल वेवारिसे अवस्थामा फेला पारी ईलाका प्रहरी कार्यालय हसुलियाबाट खटिई गएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।