अबैध भन्सार छलीका सामान बरामद
२०८०-०२-३२
- A
- A-
- A+
कञ्चनपुर- मिति २०८०/०२/३१ गते राती जिल्ला कञ्चनपुर बेलौरी नपा २ बैजुडाडा र ऐ.६ बैशाखा चोक स्थित, अबैध रुपमा भंन्सार छलिका गरि ल्याएका अं. रू २४,६००।– बराबरका चिनि, गुड, डिउ ( पिय पदार्थ), खाने तेल लगायतका सामानहरु सु.प.प्र.प्र.का.धनगढी कैलाली, ईलाका प्रहरी कार्यालय बेलौरी र प्रहरी चौकी टेडुवा कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारीसे अवस्थामा फेला पारि नियन्त्रणमा लिएको हो
यसैगरि, बुधबार साँझतिर जिल्ला कञ्चनपुर भि.न.पा.१० गड्डाचौकी स्थित भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी रु.१२,८००।– बराबरका चिनी, मैदा र बिस्कुट ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिगएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
कैलाली- मिति २०८०।०२।३१ गतेको साँझतिर जिल्ला कैलाली कैलारी गा.पा. ३ निबुवाबोझी स्थित भारतबाट भन्सार छली ल्याएका अन्दाजी रु. २२,५००।– बराबरका सिद्रा माछा सहित ३वटा साईकल वेवारिसे अवस्थामा फेला पारी ईलाका प्रहरी कार्यालय हसुलियाबाट खटिई गएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।