अबैध भन्सार छलीका सामानहरु सहित मानिस पक्राउ
२०८०-०३-०६
- A
- A-
- A+
कैलाली:- मिति २०८०/०३/०५ गते साँझतिर धनगढी उप-महानगरपालिका ३ भन्सार नजिक भारतबाट भन्सार छली गरी ल्याएका पर्दा,कुर्ती लगायत अं.मुल्य रू.१५,०००।–बराबरको प्र.चौ.त्रिनगरबाट खटिई गएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।
यसैगरि, मंगलबार साँझतिर धनगढी उप- महानगरपालिका ३ मिलनचोक स्थित भारतबाट भन्सार छलि गरी ल्याएका आन्टि,सुपर पावर, बिडी,पानमा हाल्ने मसला, चिनी लगायतका अं. रू.६०,०००।- बराबरको मालसामानहरु जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिई गएको प्रहरी टोलीले बेवारीसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।
यसैगरि, मंगलबार साँझतिर धनगढी उप- महानगरपालिका १९ बहुलियाघाट नजिक भारतबाट भन्सार छलि गरी ल्याएको अं. रू.१०,०००।- बराबरको मोटरसाईलको पार्ट पुर्जाहरु ईलाका प्रहरी कार्यालय बहुलिया कैलालीबाट खटिई गएको प्रहरी टोलीले बेवारीसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।
कञ्चनपुर:- मंगलबार साँझतिर भिमदत्त न.पा. १७ बासखेडा स्थित ऐ. १८ बागबाणी बस्ने वर्ष २० को आशीस नेपालीले भारतबाट साईकलमा अवैध रुपमा भन्सार छली गरी ल्याउदै गरेका साईकल,अटोको टायर,साईकलको ट्युब,चिनी लगायतका अन्दाजी रु.१३,५४१।– बराबरको सामानहरु सहित निज आशिस नेपालीलाई अस्थायी प्रहरी पोष्ट मझगाँउ कञ्चपुरबाट खटिई गएको प्रहरी टोलीले पक्राउ गरेको हो ।