सालको काठ सहित ट्रक नियन्त्रणमा
२०८०-०३-०७
- A
- A-
- A+
कैलाली- मिति २०८०।०३।६ गते साँझतरि जि. डोटी बडिकेदार गा.पा.२ स्थित हरियाली सामुदायिक बनमा (६७१.९२ क्यु फिट) र ऐ.ऐ.२ जनमुखी सामुदायिक बनमा (२२४८.३४ क्यु फिट) सालको गोलिया जिल्ला कैलाली चुरे गा.पा. वडा नं. १ चोट्टेको बाटो हुंदै आईरहेको छ भन्ने सुचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बिपिनगर डोटीबाट प्रहरी टोली खटि गई जिल्ला कैलाली चुरे गा.पा. वडा नं. १ चोट्टे स्थित बाट ना ५ ख ८००७, ना ४ ख ८३१९, लु २ ख ५१०३, सु.प.प्र.०१००१ ख २९९६, ना ७ ख २६१५ र से १ ख १५७४ सालको गोलिया लोड गरिएका छुट पुर्जी नभएका ट्रकहरुलाई समेत नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी लानाकेदारेश्वर सव डिभिजन बन कार्यालय बिपिनगर डोटीमा बुझाईएको हो ।