अबैध भन्सार छलीका सामान बरामद
२०८०-०३-०८
- A
- A-
- A+
कैलाली- मिति २०८०।०३।०७ गते दिउसो जिल्ला कैलाली धनगढी उप-महानगरपालिका २ ट्राफिक चोक स्थित भारतबाट भन्सार छलि गरी ल्याएका अं.मुल्य रू. १,०६,०००।– (एक लाख छ हजार) बराबरको टेन्टको समान, फ्यान ठुलो, हाडवेयर,झिलमिला लाईट,लाईट रोल, लगायतका मालसामानहरु वेवारिसे अवस्थामा फेला पारी जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिई गएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । यसैगरि, बिहीबार राती जिल्ला कैलाली धनगढी उमनपा २ ट्राफिक चोक नजिक भारतबाट भन्सार छलि गरी ल्याएका अं.मुल्य रू.१३,०००।- बराबरको सुपरपावर, विडी, कट्टु लगयातका मालसामानहरु वेवारिसे अवस्थामा फेला पारी जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिई गएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
कञ्चनपुर- मिति २०८०।०३।०७ गते साँझतिर जिल्ला कञ्चनपुर भिमदत्त न.पा.१० स्थित अं मुल्य.रु २,५०,०००।- मुल्य बराबरको एयरफोन बेवारिसे अवस्थामा फेला पारी बरामद गरि ईलाका प्रहरी कार्यालय गड्डाचौकी कञ्चनपुरबाट खटी गएको प्रहरी टोलीले नियन्त्रणामा लिई आवश्यक कारवाहीका लागी भन्सार कार्यालय गड्डाचौकी कञ्चनपुरमा बुझाएको हो । यसैगरि, बिहीबार साँझतिर जिल्ला कञ्चनपुर बेलौरी नगरपालिका ५ मैनाहा स्थित सडक छेउमा अबैध रुपमा भन्सार छली गरि ल्याएका मुल्य अं. रू ६७,०००।– बाराबरको चिक स्याम्पु, खाने तेल, डिऊ (चिसो पेय पदार्थ) लगायतका मालसामानहरू सहित से.७ प. ८१८६ नं.को मो.सा. फेला पारी ईलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट खटिई गएको प्रहरि टोलीले नियन्त्रणमा लिएको हो ।