लागु औषध सहित मानिस पक्राउ
२०८०-०३-०८
- A
- A-
- A+
कञ्चनपुर- मिति २०८०।०३।०७ गते साँझतिर जिल्ला कञ्चनपुर भिमदत्त न.पा. १८ सालघारी घर भइ ऐ. बस्ने टेक राज चटौतको घरमा डेरा गरी बस्ने बर्ष १८ को अभिषेक सोनाम र ऐ.घर भई ऐ. कोठामा बस्ने बर्ष २४ को प्रशान्त कुवरको कोठामा संका लागि चेकजाँच गर्दा शुद्ध तौल गर्दा ५.९९ ग्राम खैरोहिरोइन फेला पारी दुबै जनालाइ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिगएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
कैलाली- मिति २०८०।०३।०७ गते साँझतिर जिल्ला कैलाली गोदावरी न.पा. ०४ गोदावरी स्थित अत्तरिया बाट गोदावरी तर्फ जादै गरेको ऐ. धनगढी उप-महानगरपलिका ०३ बस्ने बर्ष २० को आशिष भण्डारीले चलाएको सु.प.प्र. ०१००९ प ४९ न. को मो.सा. संका लागि चेकजाँच गर्दा सोहि मो.सा. पछाडी सवार ऐ.ऐ. बस्ने बर्ष २३ को राजेन्द्र बोहराको साथबाट शुद्ध तौल २६० मिलीग्राम लागु औषध खैरोहिरोईन फेला पारी मो.सा. सहित निज दुबै जनालाई अस्थाई प्रहरी पोष्ट गोदावरी कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
यसैगरि, बिहीबार साँझतिर जिल्ला कैलाली धनगढी उमनपा ३ त्रिनगर ब्यारेल स्थित भारतबाट नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा जिल्ला कैलाली गोदावरी न.पा.२ बस्ने बर्ष १९ को योगेन्द्र ब. देउवालाई शंका लागी चेकजाच गर्दा निजको साथ बाट २ ग्राम ७६०मिलि ग्राम ला.औ. खैरोहिरोईन फेला पारी निजलाई समेत जिल्ला प्रहरी कर्यालय कैलाली र प्रहरी चौकी त्रिनगर कैलालीबाट खटीई गएको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।