अवैध भन्सार छलीका सामान बरामद
२०८०-०३-०८
- A
- A-
- A+
कञ्चनपुर- मिति २०८०।०३।०७ गते राती जिल्ला कञ्चनपुर भिमदत्त न.पा. १३ भाईरल रोड स्थित अवैध रुपमा भन्सार छली गरी ल्याएका अन्दाजी मुल्य रु. ४,७४,५५०।– बराबरको जिन्स टि सट, हाप सट, प्रिन्ट कपडा थान, जुत्ता, सेतो मार्टिन कपडा लगायतका सामानहरु वेवारिसे अवस्थामा फेला पारी सुदूरश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलालीबाट खटिई गएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । आवश्यक कारवाहीका लागी भन्सार कार्याकय गड्डाचौकी कञ्चनपुरमा बुझाईएको हो ।