अबैध भन्सार छलीका सामान बरामद
२०८०-०६-१२
- A
- A-
- A+
कञ्चनपुर:- जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. ६ सुकासालबाट अबैध रुपमा भारतबाट भन्सार
छली ल्याएका अन्दाजी मूल्य रु. २,७५,०००।– बराबरको चिनि,मिश्री,नरिवल तथा सुर्ति जन्य पदार्थहरु लगायतका सामानहरु बिहीबार साँझतिर प्रहरी
गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रकृया पुरा गरि नियन्त्रणमा
लिएको हो ।
कैलाली:- जिल्ला कैलाली,धनगढी उप-महानगरपालिका २ त्रिनगर भन्सार नजिकबाट अबैध रुपमा
भारतबाट भन्सार छली ल्याएका अन्दाजी मूल्य रु.२६,०००।– बराबरको चामल र गहुँ
बिहीबार साँझतिर प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रकृया
पुरा गरि नियन्त्रणमा लिएको हो ।