लागू औषध सहित मानिस पक्राउ
२०८०-०६-१२
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली,धनगढी
उप-महानगरपालिका ११ त्रिनगर व्यारेल नजिकबाट
२६ ट्याब्लेट स्पास र कोरेक्स १ बोतल अबैध लागू औषध सहित ऐ. १ बस्ने बर्ष २९ को
विषेश गिरी समेत तीन जनालाई बिहीबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । प्रहरी
चौकी त्रिनगर कैलालीबाट खटिई गएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा निजहरुको
साथबाट उक्त लागू औषध फेला पारी पक्राउ गरेको हो ।
यसैगरि, जिल्ला कैलाली, गोदावरी
न.पा.९ सेहरी भन्ने गाऊँको कच्ची सडकबाट १ ग्राम १९० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित ऐ. धनगढी उ.म.न.पा.
११ बस्ने बर्ष ३५ को हरिद्वारी रानालाई बिहीबार साँझतिर
प्रहरीले पक्राउ गरेको हो । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेती कैलालीबाट खटिई गएको प्रहरी टोलीले शंका लागी
चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा
प्रहरीले थप अनुसन्दान गरिरहेको छ ।