लागू औषध सहित मानिस पक्राउ
२०८०-०६-१४
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, धनगढी उप-महानगरपालिका ३ शान्तिटोलबाट २०० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित ऐ.बस्ने बर्ष २३ को विकाश चौधरी र ऐ. चुरे गा.पा. ५ बस्ने बर्ष २४ को दिपक अर्खालीमगरलाई शनिबार राती प्रहरीले पक्राउ गरेको हो । सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिई गएको संयुक्त मोटरसाईकल गस्ती टोलीले शंका लागी चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।