जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ
२०८०-०६-१३
- A
- A-
- A+
कैलाली: जिल्ला कैलाली,गोदावरी न.पा.१ बस्ने बर्ष ६० को दुर्गा घलेको घर भित्र जुवातास खेलिरहेको अवस्थामा निज समेत गरि ९ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेती कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ५५,०८५।-(पचपन्न हजार पचासी) र ५ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।