मृत अबस्थामा फेला
२०८०-०६-१५
- A
- A-
- A+
बैतडी:- जिल्ला बैतडी, दशरथचन्द न.पा. ८ झुलाघाट स्थित होटलमा जिल्ला बझाङ, छब्बिसपाथिभरा गा.पा.
७ बस्ने बर्ष ३१ को हिक्मत धामी मिति २०८०।०६।१५ गतेको बिहान ०२:४५ बजेतिर मृत
अबस्थामा फेला परेका छन । जिल्ला बझाङ, केदारस्यु गा.पा. ७ काँडाचौर बस्ने बर्ष ४० को बिर्ख बहादुर धामी र
निज हिक्मत धामी भारतबाट घर फर्किने
क्रममा आईतबार साँझतिर बैतडीको झुलाघाट
स्थित गजेन्द्र बोहराले सञ्चालन गरेको होटलमा कोठा लिई बास बसेकोमा निज हिक्मत
धामीको कोठामै सुतेको अवस्थामा मृत्यु भएको हो । यस सम्बन्धमा जिल्ला प्रहरी
कार्यालय बैतडीबाट थप अनुसन्धान भईरहेको छ ।