मानिसको सकुशल उद्दार
२०८०-०६-१६
- A
- A-
- A+
कञ्चनपुर:- जिल्ला डडेल्धुरा,अमरगढी न.पा.वडा नं.७ बस्ने
बर्ष ५२ को दल बहादुर ठाडामगर भारतको पुर्णागिरी मन्दिर दर्शन पश्चात सोमबार
साँझतिर जिल्ला कञ्चनपुर,भिमदत्त नगरपालिका वडा नं.७ ब्रह्मदेब स्थित महाकाली नदीमा
पौडी खेलेर निजको आफन्त ऐ, भिमदत्त नगरपालिका वडा नं.९ बस्ने दल बहादुर रोकायाको
घरमा आउने क्रममा पौडी खेल्न थाके पछि निज नदीको बिच भागमा फसेको छ भन्ने खबर
प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ब्रह्मदेब कञ्चनपुरबाट प्रहरी टोली खटिई गई स्थानिय र प्रहरीको
सहयोगमा निजको सकुशल उद्दार गरि प्रहरीले निजलाई आफन्तको जिम्मा लगाएको हो ।