लागू औषध सहित मानिस पक्राउ
२०८०-०६-१७
- A
- A-
- A+
दार्चुला:- जिल्ला दार्चुला,शैल्यशिखर न.पा.३ कर्कले स्थित गोकुलेश्वर- लटिनाथ भित्री सडक खण्डबाट ४ किलो १०० ग्राम लागू औषध चरेस जस्तो देखिने कालो पदार्थ,तौल गर्ने फलामको तराजु र ढक सहित ऐ.मार्मा गा.पा. वडा नं.१ घोल्जर बस्ने बर्ष २० को सहदेव सिंह ठगुन्ना र ऐ.१ ताकु बस्ने बर्ष २८ को बिर्ख सिंह ठगुन्नालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दार्चुला र ईलाका प्रहरी कार्यालय गोकुलेश्वर दार्चुलाबाट खटिई गएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी बरामद गरि निजहरुलाई पक्राउ गरेको हो ।
कैलाली:- जिल्ला कैलाली, टिकापुर न.पा. १ ब्यवसायक्षेत्र स्थित सडक खण्डबाट ५०० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित ऐ.जानकी गा.पा. ९ बस्ने बर्ष २८ को ललित सिंह बि.क.लाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय टिकापुर कैलालीबाट खटिई गएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी बरामद गरि निजलाई पक्राउ गरेको हो ।
कैलाली:- जिल्ला कैलाली, गोदावरी न.पा. ५ गेटा खुनाटोलबाट १३० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाँउ बस्ने बर्ष २५ को हरि कुमार खुनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी गेटा कैलालीबाट खटिई गएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी बरामद गरि निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।