प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागू औषध सहित मानिस पक्राउ

२०८०-०६-१७

  • A
  • A-
  • A+
Share

दार्चुला:- जिल्ला दार्चुला,शैल्यशिखर न.पा.३ कर्कले स्थित गोकुलेश्वर- लटिनाथ भित्री सडक खण्डबाट ४ किलो १०० ग्राम लागू औषध चरेस जस्तो देखिने कालो पदार्थ,तौल गर्ने फलामको तराजु र ढक सहित ऐ.मार्मा गा.पा. वडा नं.१ घोल्जर बस्ने बर्ष २० को सहदेव सिंह ठगुन्ना र ऐ.१ ताकु बस्ने बर्ष २८ को बिर्ख सिंह ठगुन्नालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दार्चुला र ईलाका प्रहरी कार्यालय गोकुलेश्वर दार्चुलाबाट खटिई गएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी बरामद गरि निजहरुलाई पक्राउ गरेको हो ।  

       कैलाली:- जिल्ला कैलाली, टिकापुर न.पा. १ ब्यवसायक्षेत्र स्थित सडक खण्डबाट ५०० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित ऐ.जानकी गा.पा. ९ बस्ने बर्ष २८ को ललित सिंह बि.क.लाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय टिकापुर कैलालीबाट खटिई गएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी बरामद गरि निजलाई पक्राउ गरेको हो ।  

      कैलाली:- जिल्ला कैलाली, गोदावरी न.पा. ५ गेटा खुनाटोलबाट १३० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाँउ बस्ने बर्ष २५ को हरि कुमार खुनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी गेटा कैलालीबाट खटिई गएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी बरामद गरि निजलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
सवारी दुर्घटनाबाट चालकको मृत्यू
२०८२-१०-०१

     अछाम:- मिति २०८२।०९।३० गते १८:२० बजेको समयमा जिल्ला अछाम मेल्लेख गा.पा.७ स्थित जुम्ला खोला भन्ने स्थानमा  नन्देगडाबाट बिन्दबासिनी तर्फ आउने क्रममा ऐ.बिन्देबासिनी बस्ने बर्ष अं.४२ को उज्जल बहादुर बोहराले चलाएको सु.प.प्र.० ३-००१ प ०६०१ नं. को मो.सा आफै अनियन्त्रित भई सडकमा पल्टिन जादा मो.सा चालकको निधार र छातीमा चोट,अवस्था सिरियस र सोही मो.सा पछाडी सवार ऐ.७ नन्देगडा बस्ने बर्ष अं.३५ को डम्बर साउँदको अनुहार र ढाडमा चोट,अवस्था मध्यम घाईते भई उपचारको लागि प्रादेशिक अस्पताल बयलपाटामा लगि उपचार भईरहेकोमा उपचारको क्रममा मोटरसाईकल चालक उज्जल बहादुर बोहराको मृत्यू भएको मो.सा. पछाडी सवार डम्बर साउँदको उपचार भईरहेको, मो.सा. प्रहरीको नियन्त्रणमा रहेको ।