कटुवा पेस्तोल र चार राउण्ड गोली सहित एकजना पक्राउ
२०८०-०६-१७
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा. १३ श्रीलंकाबाट १ थान कटुवा पेस्तोल र ऐ.को गोली ४ राउण्ड सहित सोही ठाँउ बस्ने बर्ष २८ को सरोज धानुकलाई मंगलबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिई गएको प्रहरी टोलीले निजको घर नजिकै रहेको खाली जमिनमा बालुवा भित्र लुकाई छिपाई राखेको अबस्थामा उक्त हतियार र गोली फेला पारी निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।