लागू औषध सहित मानिस पक्राउ
२०८०-०६-१८
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली,लम्कीचुहा न.पा.९ सोहनपुरबाट १० ग्राम २८० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला लखिमपुर खिरी निघासन तिकुनिया भारत बस्ने वर्ष २४ को गुर्वेन्द्र सिंह र सोही ठाँउ बस्ने वर्ष २१ को कुलदिप सिंहलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय लम्की कैलालीबाट खटिई गएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी भारतिय नम्बरको मोटरसाईकल थान १ समेत बरामद गरि निज दुबै जनालाई प्रहरीले पक्राउ गरेको हो ।
यसैगरि, जिल्ला कैलाली, लम्कीचुहा न.पा.१० तिघरी भन्ने स्थानबाट १ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित ऐ.बर्दगोरिया गा.पा.२ बस्ने वर्ष २६ को सुनिल कुमार चौधरीलाई बुधबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय लम्की कैलालीबाट खटिई गएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी बरामद गरि निजलाई पक्राउ गरेको हो ।
यसैगरि, जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ७ थारु छात्रावास नजिकबाट २३० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित ऐ.८ बस्ने बर्ष ३० को रंजित चौधरीलाई बुधबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिई गएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी बरामद गरि निजलाई पक्राउ गरेको हो ।
कञ्चनपुर:-जिल्ला कञ्चनपुर, बेलडाँडी गा.पा. २ क्याम्प नजिकबाट ४ ग्राम ३२० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित ऐ. भिमदत्त न.पा. २ उल्टाखाम बस्ने बर्ष २७ को राजु चौधरी र ऐ. १९ बागफाँटा बस्ने बर्ष २० अमित चौधरीलाई बुधबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय बेलडाँडी कञ्चनपुरबाट खटिई गएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी बरामद गरि निज दुबै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।