अबैध भन्सार छलीका सामान बरामद
२०८०-०६-२४
- A
- A-
- A+
कञ्चनपुर:- कञ्चनपुर
जिल्लाको बिभिन्न स्थानहरु, पुनर्वास न.पा.११ डोकेबजारबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मूल्य रु. ८५,०००।– बराबरको
लेडिज सुट,गुट्का लगायतका सामानहरु, शुक्लाफाँटा न.पा. ११
कलुवापुर चोक स्थित सडक किनाराबाट अन्दाजी मूल्य रु. ३२,७५०।– बराबरको चिनी,मिश्री लगायत श्रृंगारका सामानहरु र बेलौरी न.पा. ७
पौलाहा चोकबाट अन्दाजी मूल्य रु. ६३,२००।–
बराबरको ग्रिस,एयर फिल्टर,फ्युल फिल्टर,भारतिय नंम्बर प्लेटको मोटरसाईकल थान १
लगायतका सामानहरु गरि जम्मा अन्दाजी
मूल्य रु.१,८०,९५०।– बराबरको सामानहरु मंगलबार प्रहरी गस्ती टोलीले बेवारिसे
अबस्थामा फेला पारी आवश्यक प्रकृया पुरा गरि नियन्त्रणमा लिएको हो ।
कैलाली:- जिल्ला
कैलाली, बर्दगोरिया गा.पा. २ बौनिया स्थित भजनी सडक खण्डबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मूल्य रु. ४३,५५०।-
बराबरको जुता,चप्पल मंगलबार प्रहरी
गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रकृया पुरा गरि नियन्त्रणमा
लिएको हो ।