लागू औषध सहित मानिस पक्राउ
२०८०-०६-२४
- A
- A-
- A+
कैलाली:- जिल्ला
कैलाली, धनगढी
उ.म.न.पा. १३ श्रीलङ्का जाने बाटो नजिकबाट २१० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित ऐ.गोदावरी न.पा.
१ अत्तरिया बस्ने बर्ष २४ को पारस पार्कीलाई मंगलबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी कैलालीगाँउ कैलालीबाट
खटिई गएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला
पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।