लागुऔषध सहित मानिस पक्राउ
२०८०-०६-२६
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, धनगढी उप-महानरपालिका १० गणपती ईटाभट्टा नजिकबाट ९४० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाँउ
बस्ने १७ बर्षिय किशोरलाई बिहीबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । जिल्ला
प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटिई गएको संयुक्त
प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप
अनुसन्धान गरिरहेको छ ।