फरार प्रतिवादी पक्राउ
२०८०-०६-२७
- A
- A-
- A+
कैलाली:- फैसला
कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीबाट सवारी ज्यान मुद्दामा मिति २०७७।१०।०६ गतेको फैसलाले २ महिना कैद सजाय र रू.२,०००।–जरिवाना तोकिई फरार रहेको प्रतिबादी जिल्ला कैलाली, गोदावरी
न.पा. ०७ लालपुर बस्ने बर्ष ४५ को बिष्णु भाटलाई शुक्रबार बिहान निजकै घर ठेगानामा
फेला पारी प्रहरीले पक्राउ गरेको हो । आवश्यक कारबाहीको लागी
निजलाई ईलाका प्रहरी कार्यालय मालाखेती,कैलालीबाट सम्मानित अदालत समक्ष पेश गरिएको हो ।