लागू औषध चरेस र चितुवाको छाला सहित तीन जना पक्राउ
२०८०-०७-०२
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, धनगढी उप-महानगरपालिका ४ शहिद गेट नजिक रहेको जुमेरा
होटलबाट लम्बाई ७ फिट ६ ईन्च, चौडाई १ फिट १० ईन्च भएको चितुवाको छाला थान-१ र ६
किलो ७४० ग्राम लागू औषध चरेस जस्तो देखिने कालो पदार्थ सहित जिल्ला
बाजुरा,गौमुल गा.पा.१ बस्ने बर्ष २६ को धन कृष्ण रोकाया, ऐ.बुढिगंगा न.पा.१० बस्ने
बर्ष ३० को हेम राज जैशी र जिल्ला बैतडी,मेलौली न.पा.३ बस्ने बर्ष २४ को करन
चन्दलाई बुधबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । बिशेष
सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी,नेपाल प्रहरी प्रदेश
कार्यालय महेन्द्रनगर,जिल्ला प्रहरी कार्यालय कैलाली,वडा प्रहरी कार्यालय धनगढी र
लागू औषध नियन्त्रण ब्युरो महेन्द्रनगरबाट खटिई गएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा उल्लेखित चितुवाको छाला र
लागू औषध फेला पारी निजहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप
अनुसन्धान गरिरहेको छ ।