फरार प्रतिवादी पक्राउ
२०८०-०७-०२
- A
- A-
- A+
कञ्चनपुर:-फैसला
कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरबाट चोरी
मुद्धामा मिति २०७८।०७।०७ गतेको फैसलाले ९ महिना कैद सजाय तोकिई फरार
रहेको प्रतिबादी जिल्ला
कञ्चनपुर,भिमदत्त न.पा.४ बस्ने बर्ष २० को युबराज शाहुलाई जिल्ला प्रहरी कार्यालय
कञ्चनपुरबाट खटिई गएको प्रहरी टोलीले बुधबार साँझतिर निजकै घर ठेगानामा फेला पारी पक्राउ गरेको हो ।
कैलाली:-फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीबाट वन मुद्धामा मिति २०७७।०८।१०
गतेको फैसलाले रू.२,७५,०००।–(दुई लाख पचहत्तर हजार) जरिवाना
र ३ महिना कैद सजाय तोकिई फरार रहेको प्रतिबादी जिल्ला कैलाली,गोदावरी
न.पा.२ महरा कटान बस्ने बर्ष ३६ को बिरू बुढाथोकी मगरलाई ईलाका प्रहरी कार्यालय
मालाखेती कैलालीबाट खटिई गएको प्रहरी टोलीले बुधबार साँझतिर निजकै घर ठेगानामा फेला पारी पक्राउ गरेको हो ।