लागू औषध सहित मानिस पक्राउ
२०८०-०७-१३
- A
- A-
- A+
कञ्चनपुर:- जिल्ला कञ्चनपुर, दोधारा चाँदनी न.पा. १ स्थित महाकाली नदीमा निर्माणाधिन पुल नजिक सडक खण्डबाट ०.३१ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित ऐ. भिमदत्त
न.पा. १२ बस्ने बर्ष २२ को मौसम भट्ट भन्ने महेश भट्ट र ऐ. भिमदत्त न.पा. १७ बस्ने बर्ष २६ को कपिल भट्टलाई आईतबार दिउँसो प्रहरीले
पक्राउ गरेको हो । अस्थायी प्रहरी पोष्ट झोलुङ्गे कञ्चनपुरबाट खटिई गएको प्रहरी
टोलीले शंका लागी चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी स्कुटी
थान-१ सहित निज दुबै जनालाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप
अनुसन्धान गरिरहेको छ ।
यसैगरि,जिल्ला कञ्चनपुर, बेलौरी न.पा. ६
बैशाखा पुलबाट
२.३५ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो
पदार्थ सहित सोही ठाँउ बस्ने बर्ष २५ को उत्तम बुडाल र बर्ष २८ को महेन्द्र
बुडाललाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय बेलौरी
कञ्चनपुरबाट खटिई गएको प्रहरी टोलीले निजहरु भारतबाट नेपाल तर्फ आइरहेको अवस्थामा
शंका लागी चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी मोटरसाईकल थान-१
सहित निज दुबै जनालाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप
अनुसन्धान गरिरहेको छ ।