अबैध भन्सार छलीका सामान बरामद
२०८०-०७-१५
- A
- A-
- A+
कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. ९ बङग्राकटानबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मूल्य रु. ७७,०००।- बराबरको प्याज,सिम्ला खुर्सानी,हरियो खुर्सानी लगायतका सामानहरु, धनगढी उ.म.न.पा. १ कलाकारचोक र बालुवाघाटबाट अन्दाजी मूल्य रु.८०,५००।- बराबरको कुर्ता सुरुवाल,लेडिज सुट,सप्तरंगी टिका,फुलमाला लगायतका सामानहरु र धनगढी उ.म.न.पा.२ भन्सार रोड नजिकबाट अन्दाजी मूल्य रु. ७१,२९०।– बराबरको चिनी,मैदा,खुर्सानी,नरिवल,लेडिज जुता,बच्चाको जुता लगायतका सामानहरु गरि जम्मा अन्दाजी मूल्य रु.२,२८,७९०।–बराबरको सामानहरु मंगलबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रकृया पुरा गरि नियन्त्रणमा लिएको हो ।
यसैगरि,जिल्ला कैलाली, धनगढी उप-महानगरपालिका ३ बोराडाडी चोक स्थित न्यु
साहिबा टर्बो रिपेयर सेन्टरबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएको अन्दाजी
मूल्य रु.१,५०,५००।–(एक लाख पचास हजार पाचँ सय) बराबरको हार्डवयरका सामानहरु मंगलबार
दिउँसो जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिई गएको प्रहरी टोलीले फेला पारी उक्त
सामान सहित संचालक भारतको बिहार मोतिहारी घर भई हाल धनगढी उ.म.न.पा. ३ कोठा गरी
बस्ने बर्ष २७ को निजामुनी अन्सारीलाई समेत नियन्त्रणमा लिई, उक्त सामान र निजलाई आवश्यक कारबाहीको लागी प्रहरीले कैलाली
भन्सार कार्यालय त्रिनगरमा बुझाएको हो ।
कञ्चनपुर:- जिल्ला कञ्चनपुर,भिमदत्त न.पा. वडा नं. ४ र ६ बाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका
अन्दाजी मूल्य रु. १,७४,०१०।- बराबरको लेडिज सुट,धोती,जुता,चिनी,मिठाई,फुलमाल लगायतका सामानहरु मंगलबार प्रहरी गस्ती टोलीले बेवारिसे
अबस्थामा फेला पारी आवश्यक प्रकृया पुरा गरि नियन्त्रणमा लिएको हो । उल्लेखित
सामानहरु आवश्यक कारबाहीको लागी प्रहरीले भन्सार कार्यालय गड्डाचौकी पठाएको हो ।