लागू औषध सहित मानिस पक्राउ
२०८०-०७-१५
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, टिकापुर न.पा. ८ खक्रौला स्थित सडक खण्डबाट ५ ग्राम ४४०
मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला
लखिमपुर खिरी तिकुनिया थाना ईन्द्रनगर (भारत) बस्ने बर्ष ३५ को प्रेम सिंहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी कालाकुण्डा कैलालीबाट
खटिई गएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला
पारी भारतिय नम्बर प्लेट UP
31BY 2728 को मोटरसाईकल थान-१ सहित निजलाई प्रहरीले पक्राउ गरेको
हो ।
यसैगरि, धनगढी उ.म.न.पा. २
त्रिनगरबाट १५०
मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित
सोही ठाँउ बस्ने दुई जना किशोरलाई मंगलबार साँझतिर प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिई गएको प्रहरी टोलीले शंका लागी चेकजाँच
गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले
थप अनुसन्धान गरिरहेको छ ।