सवारी दुर्घटनामा मृत्यु
२०८०-०७-१५
- A
- A-
- A+
कैलाली:-जिल्ला
कैलाली, गोदावरी न.पा. ६ खैरेनापुल स्थित सडकमा सु.प.प्र. ०१०११ प ४९४१ नम्बरको
मोटरसाइकल अनियन्त्रित भई मंगलबार राती दुर्घटना हुँदा चालक ऐ.४ बस्ने बर्ष २६ को
राजु चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मायामेट्रो
अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
कञ्चनपुर:-जिल्ला
कञ्चनपुर, शुक्लाफाँटा न.पा.५ अर्जुनी जंगल स्थित पुर्ब पश्चिम राजमार्गमा UK03D5956 भारतिय नम्बरको
मोटरसाइकल अनियन्त्रित भई मंगलबार साँझतिर दुर्घटना हुँदा चालक चम्पावत जिल्ला
पुर्णागिरी गाउँ भारत बस्ने बर्ष २५ को रोहीत अग्रवालको मृत्यु भएको छ । साईकल
यात्री शुक्लाफाँटा न.पा.५ गर्जमुनी बस्ने बर्ष २० को रमेश पाललाई बचाउन खोज्दा उक्त मोटरसाईकल
अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल
महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।