जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ
२०८०-०७-१५
- A
- A-
- A+
कैलाली:- जिल्ला
कैलाली,घोडाघोडी न.पा.१ सुखड बस्ने बर्ष ३४ को बिकास पौडेलको घरमा जुवातास खेलिरहेको
अवस्थामा निज बिकास पौडेल समेत ७ जनालाई मंगलबार राती प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद रु.५८,४७०
(अन्ठाउन्न हजार चार सय सत्तरी) र ७ गड्डी
तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।