जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ
२०८०-०७-१६
- A
- A-
- A+
कैलाली:- जिल्ला
कैलाली, धनगढी उ.म.न.पा. १ स्थित साथीभाई होटलमा जुवातास खेलिरहेको अवस्थामा जिल्ला
कैलाली, धनगढी उप-महानगरपालिका ५ बस्ने बर्ष ४६ को पवन पन्त समेत ९ जनालाई बुधबार साँझतिर
प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट
खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद रु. ३३,८५५।– र तास ३ गड्डी सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ
।
कञ्चनपुर:- जिल्ला
कञ्चनपुर, शुक्लाफाँटा
न.पा.१ बस्ने फलेन्द्र रानाको भान्छा कोठामा जुवातास
खेलिरहेको अवस्थामा सोही ठाँउ बस्ने बर्ष २९ को तेज बहादुर राना
समेत ८ जनालाई बुधबार राती प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय झलारी
कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद रु. ४०,९२७।–
र तास ३ गड्डी सहित पक्राउ गरेको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।