प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलीका सामान बरामद

२०८०-०७-२२

  • A
  • A-
  • A+
Share

 कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. २ पुरानो भन्सार नजिकबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मूल्य रु. ७,८७०।- बराबरको चिनी,पानीपुरी,नरिवल,ललिपप,लेडिज सुट लगायतका सामानहरु र  धनगढी उ.म.न.पा. ३ पुलिस बोडिङ्ग स्कुल नजिकबाट अन्दाजी मूल्य रु. २५,०००।- बराबरको मिठाई,लेडिज सुट,कुर्ता लगायतका सामानहरु गरि जम्मा अन्दाजी मूल्य रु.३२,८७०बराबरको सामानहरु मंगलबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रकृया पुरा गरि नियन्त्रणमा लिएको हो । 

कञ्चनपुर:- जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा. १० झलारी स्थित सडक किनाराबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मूल्य रु. १२,६००।- बराबरको चिनी,तेल,मिठाई लगायतका सामानहरु मंगलबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रकृया पुरा गरि नियन्त्रणमा लिएको हो ।  

सम्बन्धित समाचार
सवारी दुर्घटनाबाट चालकको मृत्यू
२०८२-१०-०१

     अछाम:- मिति २०८२।०९।३० गते १८:२० बजेको समयमा जिल्ला अछाम मेल्लेख गा.पा.७ स्थित जुम्ला खोला भन्ने स्थानमा  नन्देगडाबाट बिन्दबासिनी तर्फ आउने क्रममा ऐ.बिन्देबासिनी बस्ने बर्ष अं.४२ को उज्जल बहादुर बोहराले चलाएको सु.प.प्र.० ३-००१ प ०६०१ नं. को मो.सा आफै अनियन्त्रित भई सडकमा पल्टिन जादा मो.सा चालकको निधार र छातीमा चोट,अवस्था सिरियस र सोही मो.सा पछाडी सवार ऐ.७ नन्देगडा बस्ने बर्ष अं.३५ को डम्बर साउँदको अनुहार र ढाडमा चोट,अवस्था मध्यम घाईते भई उपचारको लागि प्रादेशिक अस्पताल बयलपाटामा लगि उपचार भईरहेकोमा उपचारको क्रममा मोटरसाईकल चालक उज्जल बहादुर बोहराको मृत्यू भएको मो.सा. पछाडी सवार डम्बर साउँदको उपचार भईरहेको, मो.सा. प्रहरीको नियन्त्रणमा रहेको ।