अबैध भन्सार छलीका सामान बरामद
२०८०-०७-२२
- A
- A-
- A+
कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. २ पुरानो भन्सार नजिकबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मूल्य रु. ७,८७०।- बराबरको चिनी,पानीपुरी,नरिवल,ललिपप,लेडिज सुट लगायतका सामानहरु र धनगढी उ.म.न.पा. ३ पुलिस बोडिङ्ग स्कुल नजिकबाट अन्दाजी मूल्य रु. २५,०००।- बराबरको मिठाई,लेडिज सुट,कुर्ता लगायतका सामानहरु गरि जम्मा अन्दाजी मूल्य रु.३२,८७०।–बराबरको सामानहरु मंगलबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रकृया पुरा गरि नियन्त्रणमा लिएको हो ।
कञ्चनपुर:- जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा. १० झलारी स्थित सडक किनाराबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मूल्य रु. १२,६००।- बराबरको चिनी,तेल,मिठाई लगायतका सामानहरु मंगलबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रकृया पुरा गरि नियन्त्रणमा लिएको हो ।