अनलाईन ठगी गर्ने गिरोह पक्राउ
२०८०-०८-०७
- A
- A-
- A+
धनगढी, ७ मंसिर
अनलाईन
मार्फत ठगी गरेको अभियोगमा धनगढी उपमहानरपालिका-५ तारानगरबाट ५ जना नेपाली नागरिक
र ४ जना भारतीय नागरिक गरी जम्मा ९ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ
पर्नेहरुमा जिल्ला डोटी,शिखर नगरपालिका-१० बस्ने २१ वर्षीय प्रशान्त बलायर, जिल्ला,कञ्चनपुर
पुर्नवास नगरपालिका-६ बस्ने २९ वर्षीय मिन बहादुर सुनार, जिल्ला
कञ्चनपुर,बेलडाडी गाउँपालिका-२ बस्ने ३० वर्षीय विशाल सुनार, सोही ठाउँ बस्ने २८ वर्षीय कमल सुनार, २२ वर्षीय
जयराम सुनार, भारत दिल्ली पालङ्गा बस्ने ३२ वर्षीय अमित
कुमार, भारत उत्तमनगर दिल्ली बस्ने २६ वर्षीय कुनाल शर्मा,
भारत करोलबाग दिल्ली बस्ने २४ वर्षीय निखिल कुमार र भारत दिल्ली
बस्ने १९ वर्षीय प्रिन्सु टापु रहेका छन् ।
जिल्ला
कैलाली,धनगढी उप-महानरपालिका-५ तारानगर स्थित शिवदत्त पाण्डेयको घरमा बिशाल सुनार
समेतले अबैध रुपमा आई.टी. सेक्टर सञ्चालन गरी विभिन्न बहानामा मनी लाउण्डरिङ, दुर्घटना
बिमा लगायत विषयमा प्रलोभनमा पारी बिशेष गरि पोल्याण्ड लगायतका नागरिकहरुलाई VICIDIAL
सफ्टवेयरको प्रयोग गरि अनलाईन ठगी गर्ने गरेको भन्ने सूचनाको आधारमा
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रहरी
प्रदेश कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कैलालीबाट संयुक्त रूपमा
खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद २९ लाख ३२ हजार ३ सय भारतीय रूपैयाँ, ल्यापटप ११ थान, मोबाइल ९ थान, वाईफाई राउटर १, हेडफोन १२ थान र किबोर्ड १ थान सहित
पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।