हत्या गरेको अभियोगमा पक्राउ
२०८०-०८-२७
- A
- A-
- A+
बैतडी:- जिल्ला
बैतडी, सुर्नया गा.पा.३ बिजुल बस्ने धिर सिंह बिष्टको श्रीमती बर्ष ५६ की हरिना
बिष्टको हत्या गरेको अभियोगमा सोही ठाँउ बस्ने बर्ष २९ को तेज बहादुर चन्दलाई
मंगलबार साँझतिर प्रहरीले पक्राउ गरेको छ । निज तेज बहादुर चन्दले फलामको रडले
टाउकोमा प्रहार गरि निज हरिना बिष्टको घटनास्थलमै मृत्यू भएको भन्ने खबर प्राप्त
हुनासाथ अस्थायी प्रहरी पोष्ट सतबाँज,ईलाका प्रहरी कार्यालय पाटन र जिल्ला प्रहरी
कार्यालय बैतडीबाट प्रहरी टोली खटिई गई निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।