अबैध भन्सार छलीका सामान बरामद
२०८०-०८-२८
- A
- A-
- A+
कैलाली:-
जिल्ला
कैलाली, भजनी न.पा.३ कर्मदेबघाटबाट अबैंध रुपमा भारतबाट
भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ४३,४४०।– बराबरको चिनी.बिडी,सुर्ती,गुट्का
लगायतका सामानहरु बुधबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक
प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।
कञ्चनपुर:-
जिल्ला
कञ्चनपुर, भिमदत्त न.पा. ६ बनगाउँबाट अबैंध रुपमा भारतबाट
भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १,३५,७००।– बराबरको चिनी.मिश्री,खानेतेल,गुड,प्लाष्टिक
रसि लगायतका सामानहरु बुधबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी
आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।