“लागू औषध बिरुद्वको महाअभियान, २०८०” अन्तरगत जनचेतनामूलक प्रशिक्षण ।
२०८०-०८-२८
- A
- A-
- A+
कैलाली:- लागू
औषध दुरुपयोगको समस्या प्रतिदिन तिव्र रुपमा बढदै गई यसबाट बिशेष गरेर किशोर
किशोरीहरु प्रभाबित हुन पुगेको अबस्थामा यसलाई न्यूनीकरण गर्नका लागि “लागू औषध
बिरुद्वको महाअभियान,२०८०” कार्यक्रम अन्तर्गत आज मिति २०८०।०८।२८ गते बिहीबारका
दिन जिल्ला कैलाली,धनगढी उप-महानगरपालिका वडा नं.१४ डि गाँउ स्थित श्री जन-जागृती माध्यमिक
बिद्यालयमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी,कैलालीको सहकार्य र समन्वयमा
लागू औषध नियन्त्रण सम्बन्धी जनचेतनामूलक प्रशिक्षण कार्यक्रम शुरु गरिएको हो । उक्त
कार्यक्रममा बिद्यालयका प्राचार्य टेक बहादुर क्षेत्री लगायत कक्षा ११ र १२ मा
अध्ययनरत छात्र, छात्राहरु गरि
जम्मा १०० जनाको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश
प्रहरी कार्यालय धनगढी,कैलालीका प्रहरी उपरीक्षक श्री श्याम सिंह चौधरीले उपस्थित छात्र,छात्राहरुलाई लागू औषध बिरुद्धको महाअभियान,२०८० कार्यक्रम अन्तर्गत लागू
औषधको परिचय,सेवनकर्तामा देखिने लक्षण,
समग्र रुपमा पार्ने वृहत असर र कानूनी प्रावधानको विषयमा जनचेतनामुलक प्रशिक्षण प्रदान
गर्नुका साथै उक्त प्रशिक्षणमा सहभागीहरुबाट लागू औषध सम्बन्धी सोधिएका
जिज्ञासाहरुको समेत सम्बोधन
गर्नु भएको थियो ।