अबैध लागू औषध सहित मानिस पक्राउ
२०८०-०८-२९
- A
- A-
- A+
कैलाली:- जिल्ला
कैलाली, टिकापुर न.पा. ९ खग्रौलाबाट १
ग्राम ६० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाँउ
बस्ने बर्ष २० को रमेश साउद र ऐ.न.पा. १ बस्ने बर्ष २७ को पदम राज भण्डारीलाई बिहीबार
दिउँसो प्रहरीले पक्राउ गरेको हो । निज दुबै जनाले लागू औषध सेवन गरिरहेको भन्ने
गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय टिकापुर कैलालीबाट खटिई गएको प्रहरी
टोलीले खानतलासी गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया
पुरा उक्त पदार्थ सहित दुबै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप
अनुसन्धान गरिरहेको छ ।