सवारी दुर्घटनामा मानिसको मृत्यु
२०८०-०८-२९
- A
- A-
- A+
कञ्चनपुर:-जिल्ला
कञ्चनपुर, भिमदत्त
न.पा. १५ गोबरिया स्थित महेन्द्रनगर-मझगाँउ सडक खण्डमा म २ प ३१६९ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई बिजुलीको
पोलमा ठोकिन गई बिहीबार राती दुर्घटना हुँदा चालक ऐ.१६
मझगाँउ बस्ने वर्ष २३ को दिपेन्द्र भण्डारीको मृत्यु
भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई
तत्काल उपचारको लागी महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा पुर्याउदा डाक्टरले चेक जाँच गर्ने क्रममा मृत घोषणा गरेको हो । यस घटना सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।