अबैध भन्सार छलीका सामान बरामद
२०८०-०९-०३
- A
- A-
- A+
कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु, धनगढी उप-महानगरपालिका २ ट्राफिकचोक र बालुवाघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२५,३५०।–बराबरको चिनी,प्याज,सुर्ती,प्लाष्टिक,चकलेट,बिडी लगायतका सामानहरु,भजनी न.पा.३ कांडा र ढुसीबाट अन्दाजी मूल्य रु.४३,८२०।–बराबरको चिनी,स्वीट सुपारी लगायतका सामानहरु गरि जम्मा अन्दाजी मूल्य रु.६९,१७०।– बराबरको सामानहरु सोमबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।