सवारी दुर्घटनामा मानिसको मृत्यु
२०८०-०९-०३
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली,कैलारी गा.पा.७ बर्का बसन्ता स्थित हुलाकी सडक खण्डमा बा ८१ प ४२९८ नम्बरको मोटरसाईकल र से ५ प ४७७४ नम्बरको मोटरसाईकल एक आपसमा ठोकिन गई सोमबार साँझतिर दुर्घटना हुँदा बा ८१ प ४२९८ नम्बरको मोटरसाईकल चालक ऐ.५ बस्ने बर्ष २८ को शिशिर चौधरीको मृत्यु भएको हो । दुर्घटनामा गम्भिर घाईते भएका उनको सेती प्रादेशीक अस्पताल धनगढीमा उपचारकै क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाईते भएका से ५ प ४७७४ नम्बरको मोटरसाईकल चालक भजनी न.पा.५ बस्ने बर्ष २६ को बिर बहादुर चौधरी र सोही मोटरसाईकलमा सवार ऐ.बस्ने बर्ष २८ को राजेश डगौराको निसर्ग अस्पताल धनगढीमा उपचार भईरहेको छ । दुबै मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको छ ।