अबैध भन्सार छलीका सामान बरामद
२०८०-०९-०२
- A
- A-
- A+
कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु, धनगढी उप-महानगरपालिका २ ट्राफिकचोकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३४,३००।–बराबरको चिनी,मिठाई,प्याज,नरिवल लगायतका सामानहरु,धनगढी उप-महानगरपालिका ३ मिलनचोकबाट अन्दाजी मूल्य रु.३५,६००।–बराबरको बच्चाको उलन जाकेट,उलन ट्राउजर लगायतका सामानहरु र जोशीपुर गा.पा.१ लक्कडबाट अन्दाजी मूल्य रु.३,५००।–बराबरको चिनी गरि जम्मा अन्दाजी मूल्य रु.७३,४००।– बराबरको सामानहरु आईतबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।