अबैध लागू औषध सहित मानिस पक्राउ
२०८०-०९-०२
- A
- A-
- A+
कञ्चनपुर:- जिल्ला कञ्चनपुर, दोधारा चाँदनी न.पा.१ स्थित महाकाली नदीमा निर्माणाधिन पक्की पुलबाट २.४२ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित ऐ. बेदकोट न.पा १० बस्ने वर्ष ३० को धनिराम कामीलाई आईतबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी पोष्ट झोलुङ्गे कञ्चनपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले निज भारतबाट नेपाल तर्फ आउदै गरेको अबस्थामा शंका लागी चेकजाँच गर्दा निजले प्रयोग गरेको मोटरसाईकलको हेडलाईटको भाईजरमा लुकाई छिपाइ राखेको अबस्थामा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ,निजले प्रयोग गरेको भारतिय नम्बर प्लेटको मोटरसाईकल थान-१ सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।