सवारी दुर्घटनामा चार जनाको मृत्यु
२०८०-०९-०२
- A
- A-
- A+
बाजुरा:- जिल्ला बाजुरा,बडिमालिका न.पा. २ खडिगाड भन्ने ठाउँमा सदरमुकाम मार्तडीबाट गौमुल तर्फ गईरहेको सु.प.प्र. ०१-००२ त ४१०५ नम्बरको ट्याक्टरलाई सोही दिशा तर्फ गईरहेको लु. ४ त ७३०५ नम्बरको ट्याक्टरले ओभरट्याक गर्दा अगाडीको ट्याक्टरमा ठोकिदा दुवै ट्याक्टर रोडमा पल्टिन गई आईतबार साँझतिर दुर्घटना हुँदा लु. ४ त ७३०५ नम्बरको ट्याक्टरमा सवार जिल्ला बाजुरा गौमुल गा.पा. ६ बस्ने बर्ष २६ को ट्याक्टर चालक हिक्मत रोकाया,ऐ.बडिमालिका न.पा. १ बस्ने बर्ष ४० को चन्द्र दानी,ऐ. बडिमालिका न.पा. २ बस्ने बर्ष २३ की किट्टी रोकाया र ऐ. बडिमालिका न.पा. २ बस्ने बर्ष ४१ को देब राज जोशीको ट्याक्टर मुनि च्यापिन गई घट्नास्थलमा नै मृत्यु भएको हो । दुर्घटनामा घाईते भएका सु.प.प्र. ०१-००२ त ४१०५ नम्बरको ट्याक्टरमा सवार तीन जना उपचार पश्चात राती नै डिस्चार्ज भएका छन भने फरार रहेका सु.प.प्र. ०१-००२ त ४१०५ नम्बरको ट्याक्टर चालकको प्रहरीले खोजतलास गर्नुका साथै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।