अबैध भन्सार छलीका सामान बरामद
२०८०-०९-०४
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, धनगढी उप-महानगरपालिका ३ ट्राफिकचोकबाट अबैंध रुपमा
भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२८,३४०।–बराबरको
चिनी.मिठाई,नरिवल,प्याज,सलाई लगायतका सामानहरु मंगलबार प्रहरी गस्ती टोलीले
बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो
।
कञ्चनपुर:- जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.६ ऐठपुरबाट अबैंध रुपमा भारतबाट
भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १,८३,७६०।–बराबरको
कपडा,जुता,चप्पल,लेडिज ब्याग लगायतका सामानहरु मंगलबार प्रहरी गस्ती टोलीले
बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।
उल्लेखित सामानहरु आवश्यक कारबाहीका लागि प्रहरीले भन्सार कार्यालय गड्डाचौकी पठाईएको
हो ।