अबैध लागू औषध सहित मानिस पक्राउ
२०८०-०९-०४
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली,
भजनी न.पा.३ ठेकी पुल नजीक भित्री सडक खण्डबाट ६ ग्राम ७५ मिलिग्राम लागू औषध खैरो
हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित ऐ.१ बस्ने बर्ष २९ को लोक बहादुर कुमाललाई
मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय
धनगढीबाट खटिई गएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा निजको साथबाट उक्त
पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ,निजले प्रयोग गरेको
मोटरसाईकल थान-१ सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप
अनुसन्धान गरिरहेको छ ।
कञ्चनपुर:- जिल्ला
कञ्चनपुर, बेदकोट न.पा. ७ बसन्तपुरबाट लागु औषध चरेस ०.७१ ग्राम र ०.०६ ग्राम लागू
औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित ऐ. भिमदत्त न.पा.२ बस्ने बर्ष २३
को हरिश चन्द समेत चार जनालाई मंगलबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । प्रहरी
चौकी सुडा कञ्चनपुरबाट खटिई गएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा निजहरुको
साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित चारै
जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।