सवारी दुर्घटनामा मानिसको मृत्यु
२०८०-०९-०५
- A
- A-
- A+
डडेल्धुरा:- जिल्ला
डडेल्धुरा,अमरगढी नगरपालिका वडा नं. २ आईतबजारको माथिल्लो मोड स्थित भित्री सडक
खण्डमा बगरकोटबाट डडेल्धुरा सदरमुकाम तर्फ आउदै गरेको सु.प.प्र.०४-००१ च १८८ नम्बरको
जिप अचानक सडक नालामा पल्टिन गई बुधबार साँझतिर दुर्घटना हुँदा जिपमा सवार ऐ.
अमरगढी न.पा.वडा नं.८ बस्ने बर्ष ४० को दान बहादुर ओलीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भिर घाइते भएका उनको डडेल्धुरा
अस्पताल डडेल्धुरामा उपचारको क्रममा सोही साँझतिर मृत्यु भएको हो । साथै
दुर्घटनामा घाईते भएका सोही जिपमा सवार ऐ.नबदुर्गा गा.पा.वडा नं.४ बस्ने बर्ष २७
को दिपेन्द्र बोहराको डडेल्धुरा अस्पताल डडेल्धुरामा उपचार भइरहेको र जिप चालक ऐ.नबदुर्गा
गा.पा.वडा नं. १ बस्ने बर्ष ३० को दिपक बहादुर बुढाऐरलाई थप उपचारको लागि धनगढी
रिफर गरिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।