लागू औषध सहित मानिस पक्राउ
२०८०-०९-०८
- A
- A-
- A+
कञ्चनपुर:- जिल्ला कञ्चनपुर,भिमदत्त न.पा.१८ महाकाली प्रादेशिक अस्पतालको शव गृह नजिकबाट १.२१ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ र लागू औषध pregabalin Tablet -६ सहित ऐ.७ हल्दुखाल बस्ने १८ बर्षिय किशोरलाई शनिबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिई गएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।